मुम्बईको २२ तले भवनमा भीषण आगलागी

नेपालभ्युज

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।

यद्यपि घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved