इरानसँगको सीमा क्षेत्रमा विवादपछि पाकिस्तानले बोलायो आपतकालीन सुरक्षा बैठक

नेपालभ्युज

इरानसँगको सीमा क्षेत्रमा विवादपछि पाकिस्तानले बोलायो आपतकालीन सुरक्षा बैठक

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई थप बढावा दिएको छ । इरानले मंगलबार राति पाकिस्तानमा रहेको ‘आतङ्कवादी’ लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको बताएको थियो भने पाकिस्तानले बिहीबार इरानभित्र रहेका लडाकू लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

यसैबचि दुई आयाविक शक्तिराष्ट्रमा भएको तनावपछि संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले संयमका लागि अपिल गरेका छन् भने चीनले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ । “प्रधानमन्त्रीले आज बस्ने भनिएको राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ,” प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताए ।

इस्लामावादका सुरक्षा अधिकारीका अनुसार सेनाप्रमुख र गुप्तचर निकायका प्रमुख मध्याह्नको बैठकमा सहभागी हुनेछन् । विवादका कारण पाकिस्तानी प्रधानमन्त्री काकरले स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको आफ्नो भ्रमण छोट्याएका छन् ।

उनको कामचलाउ सरकारले पाकिस्तानमा आम निर्वाचनको नेतृत्व गरिरहेको छ जुन केवल तीन हप्ता मात्र बाँकी छ र चुनाव पूर्व नै निर्वाचन स्वच्छ तथा स्वतनत्ररूपमा सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved