प्रधानमन्त्री कप क्रिकेट

बागमतीले कोशीलाई हरायो, इशानले लिए ५ विकेट

नेपालभ्युज

बागमतीले कोशीलाई हरायो, इशानले लिए ५ विकेट

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको कोशी १७ बल अगाडि २०९ रनमा अलआउट भयो ।

तीन खेलमा जित हात पारेको बागमती अंक तालिकाको दोस्रो स्थानमा छ। लगातार पाँचौँ खेलमा पराजित भएको कोशी अंकविहीन रहँदै पुछारमा छ।

कोशीका लागि कप्तान सुजन थपलिया र अंकित सुवेदीले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। सुजनले ५९ र अंकितले ५३ रन जोडे।

कोशीलाई हराउने क्रममा बागमतीका इशान पान्डेले ५ विकेट लिए । सूर्य तामाङले २ तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो।

ओपनर आशुतोष घिरैयाले शतक प्रहार गरे । उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved