इरानमा पाकिस्तानको आक्रमण सुरु

नेपालभ्युज

इरानमा पाकिस्तानको आक्रमण सुरु

एजेन्सी । पाकिस्तानले बिहीबार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूबिरुद्ध आक्रमण सुरु गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबारबाट आफूहरूले पनि इरानको आतंवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण सुरु गरेको बताएको हो ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानको सिस्तान–बलुचेस्तान प्रान्तमा आतंकवादी लुकाउने ठाउँलाई निशाना बनाइ आक्रमण सुरु गरेको बताए ।

इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार दुई पक्षले पाकिस्तानमा जैश अल–जुल्म समूहको विरुद्ध इरानको आतंकवाद विरोधी कारबाहीका बारेमा मंगलवार छलफल गरेका थिए ।

पाकिस्तानले बुधवार इरानले पाकिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाउँदै इरानी कारबाहीपछि दुई पाकिस्तानी बालबालिकाको हत्या गरेको र इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved