नाइजेरियामा विष्फोटमा परी २ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपालभ्युज

नाइजेरियामा विष्फोटमा परी २ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको विष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् । राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिएका हुन् । विष्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।

ओयोको राजधानी इबादान जिल्लाको बोडिजामा रहेको एक निजी निवासमा विष्फोट भएको थियो । बोडिजाको एउटा घरमा गैरकानूनी रुपमा विष्फोटक उपकरणहरू भण्डारण गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार विष्फोटका कारण धेरै भवनहरु ध्वस्त भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved