केपी ओली कपमा भारत र भुटानका क्लब पनि आउने

नेपालभ्युज

केपी ओली कपमा भारत र भुटानका क्लब पनि आउने

काठमाडौं। राष्ट्रिय युवा संघले गर्ने केपी ओली कप फुटबलमा भारत र भुटानका क्लबले पनि प्रतिस्पर्धा गर्ने भएका छन्।

बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै युवा संघले फागुन ११ देखि १९ गते सम्म केपी ओली कप गर्ने र त्यसमा विदेशी दुई देशका क्लब पनि आउने जनाएको हो ।

काठमाडौंमा हुने प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्ने जनाइएको छ । सेमिफाइनलसम्मका खेल च्यासल मैदान र फाइनल खेल दशरथ रंगशालामा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष भएको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved