मधेस सरकारको कार्यक्रममा सहयोगी दल जनमतको नारावाजी : साइकल चोरलाई कारबाही गर

मधेस सरकारको कार्यक्रममा सहयोगी दल जनमतको नारावाजी : साइकल चोरलाई कारबाही गर

काठमाडौं । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने भन्दै आयोजना गरेको कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले नारावाजी र विरोध गरेको छ ।

प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको अवधिमा गरेका काम सार्वजनिक गरिरहेका बेला जनमत पार्टीका कार्यकर्ताले कार्यक्रम स्थलमै नारावाजी गरेका हुन्। जनमत पार्टीका कार्यकर्ताको अवरोधका कारण  कार्यक्रम केहीबेर अवरुद्ध भएको थियो।

मधेस प्रदेश सरकारले भ्रष्टचारलाई प्रश्रय दिएको, विगतमा भएका साइकल प्रकरणको छानबिन नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले होहल्ला गरेका थिए। उनीहरुले साइकल चोरलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएर विरोध जनाएका थिए ।

सरकारमा रहेर सरकार कै विरोध किन ? भन्ने प्रश्नमा जनमत पार्टीका सचिव वीपि साहले नेपाल भ्युजसँग भने, ‘हाम्रो पार्टीले भ्रष्टाचारको विरोध गरेको हो । हाम्रो पार्टी यस्तो पार्टी हो आफ्नै नेता कार्यकर्ता वा मन्त्रीले नै भ्रष्टाचार गरे तु कारबाही गर्छौं । मधेस र मधेसीको अधिकार भन्दा पनि सरकारले यसको मर्म विपरीतका गतिविधि गरिरहेको हुँदा विरोध जनाएका हाैं ।’

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा प्रदेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा विरोध भएपछि मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा साइकल काण्ड नभएको जवाफ दिएका थिए ।

२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमपछि अहिले त्यही हलमा प्रदेश सरकारले स्वाभिमान दिवस मनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved