प्रधानमन्त्री कप क्रिकेट

कर्णालीले दियो लुम्बिनीलाई १८५ रनको लक्ष्य, दिनेशको अर्धशतक

नेपालभ्युज

कर्णालीले दियो लुम्बिनीलाई १८५ रनको लक्ष्य, दिनेशको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई १८५ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको हो।

कर्णालीका लागि दिनेश अधिकारीले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए। दिपेन्द्र रावतले ४७ र हिमान्शु शाहीले २५ रन बनाए। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन ।

लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३–३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved