आज तीनवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधि सभा अन्तर्गतको विभिन्न तीनवटा समितिका बैठक आज बस्दै छन् ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बिहान साढे ११ बजे बैठक बोलाइएको छ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

समितिले छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बोलाएको छ । यस्तै राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सडक सुरक्षाको विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि बैठक बोलाएको छ । मध्यान्ह सवा १२ बजे बोलाइएको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

समितिले पछिल्लो समय विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल गरिरहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved