एनआरएनएको समस्या समाधानमा परराष्ट्रको चासो, चार सदस्यीय समिति गठन

नेपालभ्युज

एनआरएनएको समस्या समाधानमा परराष्ट्रको चासो, चार सदस्यीय समिति गठन

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न चासो देखाएको छ ।  परराष्ट्रमन्त्री एनपी साउदले उपमहान्यायाधीवक्ता गोपाल प्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

उक्त समितिको  सदस्यमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सीआईबीबाट दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल रहेका छन् । समितिले  एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ  ।

समितिले एनआरएनएको विवादसम्बन्धी हालसम्म परराष्ट्रमा परेका उजुरीका साथै आवश्यकताअनुसार सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved