ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त 

नेपालभ्युज

ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त 

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मन्दिप लुइँटेल नियुक्त भएका छन् ।

क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सीइओमा नियुक्ति गरेको हुन् ।

लुँईटेल ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी क्यापिटलका सिइओ बनेका हुन् । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

यसअघि उनी सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैकिङ प्रमुखको कार्यरत थिए ।

साढे ६ वर्षदेखि  उनी सानिमा क्यापिटलमा जिम्मेवारी पुरा गरेका लुँईटेल भारतको पुनेबाट एमबिए गरेका छन् । उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता हासिल गरेका छन् ।

उनीसँग  भारतको मुम्बईस्थित आइसीआइसी बैङ्कमा डेढ वर्ष काम गरेको अनुभव पनि छ । उनले सो बैङ्कमा क्यापिटल मार्केट तथा स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजरको जिम्मेवारीमा काम गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved