न्यू डायमण्ड टाइगर कपको महिलातर्फ सेमिफाइनलमा, आर्मीले हरियाणालाई हरायो

नेपालभ्युज

न्यू डायमण्ड टाइगर कपको महिलातर्फ सेमिफाइनलमा, आर्मीले हरियाणालाई हरायो

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ न्यू डायमण्ड क्लब पनि सेमिफाइनलमा पुगेको छ।

मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले हरियाणालाई ३–२ को सेटमा पराजित गरेसँगै ३ अंक भएको न्यू डायमण्ड सेमिफाइनलमा पुगेको हो।

यसअघि नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको थियो ।

आज भएको खेलमा आर्मीले पहिलो सेटमा हरियाणालाई २५–२० ले पराजित गर्यो। दोस्रो सेटमा हरियाणाले आर्मीलाई २५–२० ले हरायो।

तेस्रो सेटमा पनि हरियाणाले आर्मीलाई २५–१८ ले पराजित गरे २–१ को अग्रता बनाएको थियो ।

चौथो सेटमा आर्मीले हरियाणालाई २५–१७ ले हराउँदै खेललाई २–२ को बराबरीमा पुर्यायो। पाँचौँ सेटमा आर्मीले हरियाणालाई १५–१२ ले पराजित गर्दै खेल जित्यो।

यससँगै आर्मीले २ खेलबाट २ अंक र हरियाणाले १ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved