एसियन कप फुटबलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी

नेपालभ्युज

एसियन कप फुटबलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी

काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत गएराति भएका खेलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी भएका छन् ।

कतारमा गएराति भएको समूह ’ई’ को खेलमा जोर्डनले मलेसियालाई ४–० गोलले हराएको छ । त्यस्तै, समूह ’ई’ को अर्को खेलमा दक्षिण कोरियाले बहराइनलाई ३–१ गोलले पराजित गरेको छ ।

अर्को समूह ‘डी’ को खेलमा भने इराकले इन्डोनेसियालाई ३–१ गोलले हराएको छ । प्रतियोगितामा एसियाका २४ देश मैदानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved