प्रधानमन्त्री कप क्रिकेट

रोहितको विष्फोटक ब्याटिङमा एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

रोहितको विष्फोटक ब्याटिङमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

१३६ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट क्षतिमा पुरा गर्यो । एपीएफका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए।

कोशीका लागि सुजन थपलिया, सोनु मन्डल, फिर्दोश अन्सारी र कमल खत्रीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भयो। कोशीका फिर्दोश अन्सारीले ५५ रन बनाएका थिए।

एपीएफका लागि अविनाश बोहरा र रोहित पौडेलले ३–३ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved