प्रधानमन्त्री कप क्रिकेट

एपीएफविरुद्ध कोशी १३५ रनमा अलआउट

नेपालभ्युज

एपीएफविरुद्ध कोशी १३५ रनमा अलआउट

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले एपीएफ क्लबलाई १३६ रनको सामान्य लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कोशी ४४.३ ओभरमा १३५ रन बनाउँदा अलआउट भएको हो।

कोशीका लागि फिर्दोश अन्सारीले अर्धशतकीय पारी खेले। उनले ८५ बलमा ८ चौका प्रहार गर्दै ५५ रन बनाए। सोनु अन्सारीले २० रन जोडे। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन ।

एपीएफका लागि अविनाश बोहरा र रोहित पौडेलले ३–३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved