सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सत्ता गठबन्धनको बैठक बोलाएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्दै छ । संसदमा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्र सहमति खोज्न प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

त्यस्तै, बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

गत वर्ष नै सरकारले संसदमा दर्ता गराएको विधेयक अझै पास हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved