यी ६ रोग, जसले गर्छ छालालाई हानि

नेपालभ्युज

यी ६ रोग, जसले गर्छ छालालाई हानि

एजेन्सी । जाडोमा त्यसै पनि छालासम्बन्धी समस्या धेरै नै बढ्छ । तर, के तपाईंलाई थाहा छ ? कतिपय रोगको कारणले पनि छाला खराब हुन थाल्छ । आज जानौँ त्यस्तै ६ रोगबारे जसले गर्दा छाला खराब हुन्छ ।

हाइपोथायराइड

हाइपोथायराइडले छालालाई नराम्रोसँग प्रभावित गर्दछ । यसको कारणले अनुहारमा डन्डिफोरजस्ता विविरा तथा कालो दाग आउन थाल्छ । साथमा यसले कपाल झर्ने समस्या पनि बढ्छ ।

आस्टियोपोरोसिस

आस्टियोपोरोसिस हुँदा छालालाई एकदमै धेरै नोक्सान हुन्छ । यसको कारणले छालामा काला दाग बन्न थाल्छन् ।

उच्च रक्तचाप

उच्च रक्तचापको कारणले पनि छालामा नराम्रो असर पर्दछ । रक्तचाप बढ्नाले छालामा राता दाना आउने समस्या आउँछ । त्यसैले रक्तचाप पनि नियन्त्रित बनाइराख्नु पर्छ ।

कलेजोको रोग

कलेजो खराब हुँदा सबैभन्दा पहिला यसले छालामा असर देखाउँछ । यसले गर्दा छालामा एकदमै सुख्खापन आउने तथा राता दाना देखिन थाल्छन् ।

एलर्जी

औषधि खाने तथा अत्यधिक सौन्दर्य सामग्रीको प्रयोगले पनि विभिन्न एलर्जी निस्कन सक्छ । जसले गर्दा छालामा समस्या देखिन थाल्छन् । यसले दागधब्बा आउने, चिलाउने तथा पोल्ने समस्या हुन्छ ।

पेटको समस्या

यदि पेटमा कुनै समस्या छ भने पनि यसले अन्य शरीरमा पनि समस्या देखाउँछ । यसले गर्दा छाला सुख्खा हुने तथा नङहरूको रंग परिवर्तन हुने आदि समस्या आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved