सभामुखबारे कोशी राप्रपाको निर्णयप्रति लिङ्देन असन्तुष्ट, आगामी केन्द्रीय समिति बैठकले ‘एक्सन’ लिने

नेपालभ्युज

सभामुखबारे कोशी राप्रपाको निर्णयप्रति लिङ्देन असन्तुष्ट, आगामी केन्द्रीय समिति बैठकले ‘एक्सन’ लिने
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको स्वीकारेका छन् ।

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन् ।

उनले यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने पनि बताए । आफू देश बाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको उनको भनाइ थियो ।

अध्यक्ष लिङदेनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved