सिनेमा नपाइरहेको अवस्थामा आँचल शर्माको नयाँ फिल्मको घोषणा, ‘एक मुठ्ठी बादल’ बन्ने

नेपालभ्युज

सिनेमा नपाइरहेको अवस्थामा आँचल शर्माको नयाँ फिल्मको घोषणा, ‘एक मुठ्ठी बादल’ बन्ने

काठमाडौं । आँचल शर्माको मुख्य भूमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माणको घोषणा भएको छ । सहारा शर्माले सिनेमा निर्देशन गर्ने फिल्म नारी प्रधान कथावस्तुमा आधारित हुने छ ।

फिल्ममा अभिनेत्री आँचल शर्मासँगै सहयोग अधिकारीको मुख्य भूमिका रहनेछ ।

फेमिली ड्रामा जनरामा बन्ने सिनेमाले केही अप्रत्याशित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र छोरीले वर्षैैंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ ।

आँचलले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘‘पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिल्यै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् रु एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुति मधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौं ।’’

सिनेमामा अभिमन्यु दीक्षित, अनुप पौडेल र समीक्षक सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुने सिनेमाको लेखन निर्देशक शर्मा स्वयंमको रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved