पाँचथरमा खुकुरी हानेर श्रीमतीको हत्या, सासुसहित दुईजना घाइते

नेपालभ्युज

पाँचथरमा खुकुरी हानेर श्रीमतीको हत्या, सासुसहित दुईजना घाइते

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मिक्लाजुङ ३ आरुबोटेका ३५ वर्षीय नरधोज कुरुम्बाङले ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट सासु कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ समेत घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोमा माइतीघर बस्दै आएकी थिइन् । ससुराली गएका कुरुम्बाङले घरायसी विषयमा विवादहुँदा खुकुरी प्रहार गरेका थिए ।

फरार रहेका कुरुम्बाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved