राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्वीरहरु)

नेपालभ्युज

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्वीरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

आज बिहान सिंहदरबार पुगेर राष्ट्रपति पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको सम्मान गरेका हुन् ।

पृथ्वी  जयन्तीमा अन्य राजनीतिक दलहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved