गया औँसीमा पितृलाई तर्पण र पिण्डदान (तस्वीरहरू)

वैदिक सनातन धर्मावलम्बीहरूले हरेक वर्ष पौस कृष्ण औँसीका दिन गरिने तीर्थ ‘गया’ श्राद्ध आज देशभरका विभिन्न तीर्थस्थलहरूमा विधिपूर्वक गर्दैछन् ।

गया औँसीमा पितृलाई तर्पण र पिण्डदान (तस्वीरहरू)

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले हरेक वर्ष पौस कृष्ण औँसीका दिन गरिने तीर्थ ‘गया’ श्राद्ध आज देशभरका विभिन्न तीर्थस्थलहरूमा विधिपूर्वक गर्दैछन् ।

सौरमास पात्रोअनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमास पात्रोअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरू हुन्छ । वैदिक सनातन धर्ममा उत्तरायण सुरू हुनुअघिको औँसी अर्थात् पौस कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी दान, तर्पण र श्राद्ध गर्ने परम्परा रहिआएको छ ।

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो । वैदिक सनातन धर्मावलम्बीले जीवनकालमा कम्तिमा पनि एकपटक तीर्थमा गइ श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ ।

यसै आधारमा आज काठमाडौंको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती, बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा विधिपूर्वक तिर्थ श्राद्ध गरिँदै आइएको छ ।

भारतको गयालगायतका तीर्थमा समेत आजकै दिन श्राद्ध गरिने भएकाले यो औँसीलाई गया औँसी पनि भनिन्छ ।

(तस्वीरमा गोकर्णेश्वरको कान्तिभैरव उत्तरगयामा श्राद्व गर्दै भक्तजन)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved