१५ दिनमै तौल बढाउने तरिका

नेपालभ्युज

१५ दिनमै तौल बढाउने तरिका

एजेन्सी । मोटोपन अहिले एउटा आम समस्या बनिसकेको छ । तर, अर्कोतिर दुब्ला पातला व्यक्ति पनि तौल नबढेर चिन्तित छन् ।

आज हामी तौल बढाउने तरिकाबारे जान्नेछौं । विशेषज्ञका अनुसार तौल बढाउन खानपिन र कसरतमा विशेष ध्यान दिनु पर्छ ।

दुब्ला पातला व्यक्तिलाई नियमित रुपमा केरा खाने सल्लाह दिइन्छ । केरामा धेरै मात्रामा पोषक तत्व हुन्छ । तौल बढाउनका लागि केरालाई दुध वा दहीसँग खानु अझ राम्रो हुन्छ ।

ड्राई फ्रुट्समा तपाईं बदाम, किसमिस, काजु र ओखरको सेवन गर्न सक्नुहुन्छ । यसमा स्वस्थ फ्याट र प्रोटिन हुन्छ, साथमा यसमा अत्यधिक मात्रामा क्यालोरी पनि हुन्छ । यसलाई चार घण्टा पानीमा भिजाएर दुधमा उमालेर पनि खान सकिन्छ । यसले तौल बढ्न थाल्नेछ ।

मह र दुध दुवैमा भरपूर मात्रामा पोषक तत्व हुन्छ । रातमा सुत्नु अघि तातो दुधमा दुई चम्चा मह मिसाएर पिउँदा पनि तौल बढ्छ । साथमा पाचन प्रक्रिया पनि राम्रो हुन्छ ।

पातला व्यक्तिले पनि स्वस्थ रहनका लागि नियमित रुपमा योग तथा व्यायाम गर्नुपर्दछ । यसले शरीरलाई ऊर्जा दिनुका साथै भोक पनि जगाउने गर्छ । यसका साथै निद्रा पनि पूर्ण रुपमा लिनु पर्दछ ।

यदि तपाईंले तौल बढाउन चाहिरहनु भएको छ भने कुनै पनि समयको खानालाई स्किप नगर्नुहोस् । किनकी एक समयको पनि खाना नखाँदा त्यसले तौललाई नियन्त्रित गराइरहनेछ र बढ्न दिनेछैन ।

तौल बढाउन चाहिरहेका व्यक्तिले आफ्नो खानपिनमा सोयाबिनलाई पनि समावेश गराउनुपर्दछ । यसमा भरपूर मात्रामा प्रोटिन हुन्छ । यसले मांसपेशीको विकासमा सहयोग गर्दछ र तौल बढ्न पनि सहायक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved