तनहुँ जीप दुर्घटना : घाइतेमध्ये दुईजनाको मृत्यु

नेपालभ्युज

तनहुँ जीप दुर्घटना : घाइतेमध्ये दुईजनाको मृत्यु

काठमाडौं । पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटनामा घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरै रहेका छन् ।

तनहुँको भिमाद नगरपालिका–३ मा ग १ ज ६३५६ जी नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार जीपमा १२ जना सवार थिए ।

घाइतेमध्ये तीनजनालाई पोखरा लगिएको थियो । बाँकीको तनहुँमै उपचार भइरहेको प्रहरीले जनाएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट खसेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved