इक्वेडरमा टेलिभिजन लाइभ स्टुडियोमा बन्दुकधारीको प्रवेश, कर्मचारी आतंकित

नेपालभ्युज

इक्वेडरमा टेलिभिजन लाइभ स्टुडियोमा बन्दुकधारीको प्रवेश, कर्मचारी आतंकित

काठमाडौं । नकाबधारी बन्दुकधारी समूहले इक्वेडरको एउटा टेलिभिजनको लाइभ स्टुडियोमा पसेर आतंक मच्चाएको छ । टेलिभिजन प्रशारण भइरहेका बेला मास्क लगाएर पसेको समूहले टेलिभिजनकर्मीलाई नियन्त्रणमा लिएर धम्की दिएको हो ।

लाइभ प्रसारण भइरहेका बेला स्टुडियोमा पसेका आतंकवादी समूहले कर्मचारीहरूलाई भुइँमा सुत्न लगाएका थिए । यी सबै दृष्य टेलिभिजनबाट प्रसारित भएको थियो । इक्वेडरमा २ महिने संकटकाल घोषणा भएको भोलिपल्टै जेलबाट एक जना कुख्यात कैदी भागेसँगै टेलिभिजनमा आतंककारी समूह प्रवेश गरेको हो ।

इक्वेडर विश्वमा सबैभन्दा धेरै केरा निर्यातकर्ता मुलुकको रुपमा चिनिन्छ । इक्वेडरले तेल, कफी, कोको, र माछा पनि उल्लेख्य निर्यात गर्दै आएको छ ।
राष्ट्रपति ड्यानियल नोबोआले आन्तरिक सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्न ससस्त्र सेना परिचालन गर्ने घोषणा गरेका छन् ।

अन्तरराष्ट्रिय संगठित अपराध, आतंकवादी संगठन र युद्धरत पक्षलाई सैन्य कारबाही गरिने राष्ट्रपति नोबोआले घोषणा गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved