रवि लामिछाने भन्छन् : चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजानु व्यवस्थामाथिकै प्रहार हो

नेपालभ्युज

रवि लामिछाने भन्छन् : चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजानु व्यवस्थामाथिकै प्रहार हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजानु व्यवस्थामाथिकै प्रहार भएको बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्र्र्र्र्र्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको उनको भनाइ छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रिय सभामा छान्ने कुरा अहिलेको राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको बताएका हुन् ।

संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति योग्यताका आधारमा हुनुपर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved