राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गर्ने पक्राउ (तस्वीरहरू)

राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गर्ने पक्राउ (तस्वीरहरू)

ललितपुर। राष्ट्रिय मानव अधिकार आयोगमा प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

आरती साहलाई न्याय माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा प्रदर्शन गर्न पुगेका उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतक साहको दाइ प्रेम साह, अभियन्ता जस्मिन ओझा र रविना श्रेष्ठ रहेका छन्।

पक्राउ परे लगत्तै बेहोस भएकी ओझालाई अल्का अस्पतालमा लगिएको छ भने अन्य दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved