१२० किलोकी युवतीले घटाइन ४० किलो तौल, अपनाइन् सजिलो तरिका

नेपालभ्युज

१२० किलोकी युवतीले घटाइन ४० किलो तौल, अपनाइन् सजिलो तरिका

एजेन्सी । एक जना भारतीय युवती शेफ पलक कपूरको तौल १२१ किलो थियो । अब उनी जम्मा ८० किलोकी भएकी छन् । दुई वर्षको अन्तरालमा उनले कुल ४१ किलो तौल कम गरेकी छन् ।

यसका लागि उनले कुनै पनि कडा खालको उपाए अपनाएकी छैनन् र कुनै छिटो तरिका पनि अपनाइनन् । बरु विस्तारै गरेर उनले तौल कम गर्दै लगिन् ।

अचानक हृदयघातबाट आफ्ना बुवालाई गुमाएपछि उनको ‘इमोशनल इटिंग’ को बानी भएको थियो जसले गर्दा उनको तौल बढ्दै जान थाल्यो ।

यहीबीच सन २०२० मा उनको छातीमा एकदमै पोलेको महसुस भयो । यसक्रममा उनले मुखको स्वाद पनि नमिठो भएको थियो । उनलाई लाग्यो यस्तो स्थितिले आफूलाई पनि बुवालाई जसरी कम उमेरमै हृदयघात हुन सक्छ ।

त्यसपछि उनले शरीर परिवर्तन गर्ने यात्रा थालिन । उनले ग्रिल्ड चिकेन, पनीर तथा चिल्लो खानेकुरा बन्द गरिन् । साथमा दिउँसोको खाना पनि कम गरिन् । रातमा उनले फापरको रोटी खान सुरु गरिन् । यसबाहेक खानपिनमा सलादको मात्रा बढाइन् ।

त्यसपछि दैनिक रुपमा उनले ४० मिनेटजति हिँड्न पनि सुरु गरिन् । जसमा दैनिक रुपमा भर्‍याङ चढ्ने र ओर्लने पनि थियो । त्यसपछि उनी १० किलो तौल घटाउन सफल भइन् ।

सन् २०२१ मा उनलाई कोभिड भयो । तर पनि उनले हिँड्डुल गर्न छोडिनन् । आफ्नो खानपान भने पहिले जस्तै गरिन । कोभिड ठिक भएपछि उनले अनलाइन स्ट्रेन्थ तालिम सुरु गरिन् ।

उनले केही सामग्री खरिद गरेर घरमा नै मिनी जीम समेत बनाइन् । यसक्रममा उनलाई तौल घट्दै जाँदा आफ्नो छाला पनि खुकुलो भएको महसुस हुन थाल्यो । जहाँ उनलाई भार उचालेर गर्नुपर्ने कसरतको आवश्यकता थियो ।

उनले नियमित रुपमा आफ्नो कसरत तथा जीमका साथै खानपान पनि सही ढंगले व्यवस्थापन गर्न थालिन् । यही क्रममा उनका प्रशिक्षकले चीट मील डे अर्थात एकदिन भरपूर खाने जस्तो तरिका पनि अपनाउन सल्लाह दिए । यस्तो गर्दागर्दै उनले दुई वर्षमा ४१ किलो तौल घटाउन सफलता पाइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved