राप्रपाले पनि छान्यो राष्ट्रिय सभाका ९ उम्मेदवार

नेपालभ्युज

राप्रपाले पनि छान्यो राष्ट्रिय सभाका ९ उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवार छानेको छ ।

आइतबार बसेको पार्टी बैठकले बागमतीमा महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

लुम्बिनी प्रदेशतर्फ अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved