राष्ट्रपतिको भूमिकाप्रति रवि लामिछाने असन्तुष्ट, संविधान संशोधन गर्न माग

नेपालभ्युज

राष्ट्रपतिको भूमिकाप्रति रवि लामिछाने असन्तुष्ट, संविधान संशोधन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएर गएको विधेयक संविधानविपरीत रोकेको दृष्टान्त पेश गर्दै उनले संविधानले सेरेमोनियल भनेपनि राष्ट्रपति कार्यकारीको भुमिकामा देखिएको बताएका हुन् ।

आइतबार संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले राष्ट्रपतिलाई संवैधानिक व्यवस्थाविपरीत कार्यकारी भुमिकामा आउने नदिने खालको प्रावधान संविधानमा नै व्यवस्था गर्नुपर्ने बताए ।

राष्ट्रपतिलाई संविधानविपरीत चल्न नदिने प्रावधान संविधानमा भएमात्रै संघीय संसदको दुवै सदनबाट पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved