केकभित्र गाँजा लुकाएर बेच्ने एकजना पक्राउ

नेपालभ्युज

केकभित्र गाँजा लुकाएर बेच्ने एकजना पक्राउ

काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट मानन्धरलाई पक्राउ गरेको हो ।

प्रहरीले मानन्धरसँगै गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम र ७ सय ५४ ग्राम गाँजा नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved