दिनेश अधिकारी अब लेखक पनि, ल्याए ‘जरो’ उपन्यास

नेपालभ्युज

दिनेश अधिकारी अब लेखक पनि, ल्याए ‘जरो’ उपन्यास

‘एक दिन उज्यालो छाउला
मेरो पनि दिन आउला’

पछिल्लो समयको चर्चित गीत ‘म मरेको छैन’ गोविन्द मधुर आचार्यसँग मिलेर लेखेका दाङका दिनेश अधिकारी आफ्नो पहिलो उपन्यास ‘जरो’ लिएर पाठकमाझ आएका छन् ।

उनको पहिलो उपन्यास जसो शनिबार थापागाउँस्थित गुरुकुल स्कुल अफ थिएटर (लेखन कुञ्ज हल) मा सार्वजनिक गरियो । कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले अधिकारीको उपन्यास लोकार्पण गरिन् ।

पुस्तक सार्वजनिक गर्दै उनले सुदूरपश्चिमेली समाजमा अन्तरजातीय प्रेम, विवाह गर्दा दलित समुदायमाथि भएको अन्याय, अत्याचारको कथा ‘जरो’ले उधिनेको बताइन् ।
वक्ता भरतमणि सुवेदीले कथासँगै सरल भाषा पुस्तकको सशक्त पक्ष रहेको बताए ।

‘यसबाहेक उपन्यासमा स्थानीय भाषा, लवजको पनि छनक पाइन्छ, यसले दिन खोजेको सामाजिक सन्देश पनि महत्त्वपूर्ण छ’, उनले भने ।

पुस्तकका सम्पादक अमर अधिकारीले उपन्यास ‘जरो’ छुवाछुतविरुद्धको आवाज भएको बताए ।

गायक शिशिर योगीले जगतमा महिला र पुरुषबाहेक अन्य जात नहुने भन्दै विभेदले आक्रोश र अपराध मात्रै जन्माउँछ भन्ने पुस्तकको सन्देश चित्तबुझ्दो रहेको धारणा राखे ।

दंगाली लेखक अधिकारीले आफ्नो पुस्तक प्रेम र जातीय विभेदमा आधारित रहेको बताए । ‘कथाको जरो प्रेम हो । यसैले पुस्तकको नाम ‘जरो’ राखिएको हो,’ उनले भने, ‘फेरि फेरि कुनै भूगोलमा नवराज विकजस्ता कोही पनि मारिनु नपरोस्, समाजले मानवता नभुलोस् भनेर झकझकाउन मैले यो उपन्यास लेखेको हुँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved