राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा टुङ्ग्याउन गठबन्धनको बैठक जारी

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा टुङ्ग्याउन गठबन्धनको बैठक जारी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।

गठबन्धन दलको बैठकअघि शनिबार साँझ नै गठबन्धनमा सहभागी शीर्ष तीन दलको बैठक बसेको थियो ।

बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved