२० करोड रुपैयाँ गलत ढंगबाट प्रयोग हुन सक्छ, सरकारले निर्णय सच्याउनुपर्छ : झलनाथ खनाल

नेपालभ्युज

२० करोड रुपैयाँ गलत ढंगबाट प्रयोग हुन सक्छ, सरकारले निर्णय सच्याउनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासले दिने भनेको २० करोड रुपैयाँ गलत ढंगबाट प्रयोग हुन सक्ने भन्दै निर्णय सच्याउन आग्रह गरेका छन् । पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

‘छिमेकी देशहरुसँगको सम्बन्धलाई सन्तुलित ढंगबाट अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘त्यो पैसा जे मा पनि प्रयोग हुन सक्छ, देशको हितविपरीत प्रयोग हुन सक्छ ।’ उनले विगतका सरकारले गल्ती गरेका बताउँदै यो सरकारले गर्न नहुने बताए । दूतावासबाट पैसा बाँड्ने संस्कार राम्रो नभएको उनको तर्क थियो ।

‘देशको सार्वभौमसत्ता, स्वाभिमान, स्वतन्त्रतालाई सुदृढ गर्ने गरी कुनै पनि सरकार अघि बढ्नुपर्छ,’ उनले भने, ‘ सरकारले राष्ट्रिय हितलाई सर्वाेपरी राखेर अगाडि बढाओस् ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved