‘सक्किगो नि’ले बनायो बालकुमारी घटनामा आधारित विशेष एपिसोड, फिल्म निर्माणको घोषणा गर्दै

नेपालभ्युज

‘सक्किगो नि’ले बनायो बालकुमारी घटनामा आधारित विशेष एपिसोड, फिल्म निर्माणको घोषणा गर्दै

काठमाडौं । कोरियाली भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाएको विषयलाई हास्य टेलिफिल्म ‘सक्किगो नि’ले विशेष एपिसोड बनाएको छ ।

लोकप्रिय टेलिभिजन सिरिज ‘सक्किगो नि’ले मुलुक नै स्तब्ध भएको उक्त घटनामा आधारित रहेर बिहीबारको पछिल्लो एपिसोड ल्याएको छ ।

एभरेस्ट हेडलाइन्स डिजिटल (इएच डिजिटल) को युट्युबमा सार्वजनिक भइरहेको तेस्रो सिजनको ‘सक्किगो नि’को यो पछिल्लो एपिसोडको भ्यूज बढिरहेको छ ।

दलालको फन्दामा परेर अवैध बाटो हुँदै विदेशिन बाध्य युवाको नियति, रोजगारी माग्दा दमनमा उत्रिने राज्यको प्रवृत्ति र नागरिकमा बढ्दो वितृष्णाको कथामा उक्त सिरिज बनेको हो ।

यो एपिसोडमा रमेश बुढाथोकी नेताको भूमिकामा देखिएका छन् । आन्दोलनकारी युवाको भूमिकामा कुमार कट्टेल जिग्रीलगायत प्रस्तुत भएका छन् ।

सिरिज निर्देशक, लेखक र कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बालकुमारी घटनालगत्तै सिरिज बनाउने आफूहरूको योजना रहेकोले त्यही अनुसार गरिएको बताए । घिमिरे भन्छन्, ‘‘गम्भीर एपिसोड बनाऊँ भनेर बनाएका हौँ । यस्तो बेला नागरिक आवाज बोल्ने हाम्रो दायित्व पनि हो ।’’

पछिल्लो समय हास्यश्रृंखलाको ‘क्वान्टिटी’ बढेको छ । तर, ‘क्वालिटी’ नबढेको दर्शकको गुनासो छ । यो अवस्थामा ११ जेठ देखि तेस्रो सिजन सुरु गरेको हास्यश्रृंखला ‘सक्किगोनि’ दर्शकको रोजाइमा ‘नम्बर वान’मा पर्दैआएको छ । ‘सक्किगो नि’ टिम फिचर फिल्म निर्माणको तयारीमा जुटेको छ । माघमा फिल्मको घोषणा गर्ने तयारी छ ।

हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजन आजदेखि सुरु हुँदै, यस्तो छ कथावस्तु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved