हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजन आजदेखि सुरु हुँदै, यस्तो छ कथावस्तु

लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’को तेस्रो सिजनको प्रसारण आज बिहीबारदेखि प्रसारण हुने भएको हो। सिजन २ पछि केही समयको विश्राम लिई नयाँ जोस जाँगर र कथा शैलीका साथ आउन लागेको निर्माण पक्षले जनाएको छ।

नेपाल भ्युज

हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजन आजदेखि सुरु हुँदै, यस्तो छ कथावस्तु

काठमाडौं। पछिल्लो समय हास्यश्रृंखलाको ‘क्वान्टिटी’ बढेको छ। तर, ‘क्वालिटी’ नबढेको दर्शकको गुनासो छ। सिरियलको गुणस्तरीयतामा ध्यान नपुगेको गुनासो आइरहँदा यसअघि दर्शकको रोजाइमा ‘नम्बर वान’ हास्यश्रृंखला ‘सक्किगोनि’ फेरि सुरु हुन लागेको छ।

लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’को तेस्रो सिजनको प्रसारण आज बिहीबारदेखि प्रसारण हुने भएको हो। सिजन २ पछि केही समयको विश्राम लिई नयाँ जोस जाँगर र कथा शैलीका साथ आउन लागेको निर्माण पक्षले जनाएको छ।

एभरेस्ट हेडलाइन्स डिजिटल (इएच डिजिटल) मा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत प्रसारण गर्ने मिति तय भएअनुरूप अबदेखि बिहीबार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ। लगत्तै बेलुका ९ बजे युट्युब च्यानल ‘इएच डिजिटल’मा प्रसारण हुनेछ।

काभ्रेको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता छ। केही नयाँ अनुहार देखिनेछन्। सिजन ३ को रूपमा पर्दापण हुन लागेको सक्किगोनि झन्डै ४ महिनापछि नयाँ स्वरूपमा आउन लागेको हो।

दर्शकको बहुप्रतिक्षामा रहेको सक्किगोनि मनोरञ्जन दिने मात्र नभई शिक्षा र अभिप्रेरणा दिने खालको हुने बताइएको छ। यसको टिजरमा कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको छ। जुन आँखा रसाउने खालको छ।

कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएको छ।
‘देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ।

मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौ’ भनेर कनेक्सन मात्र गर्न यस्तो टिजर बनाएको निर्देशक कुमार कट्टेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved