भारतीय दूतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैन : प्रधानमन्त्री

नेपालभ्युज

भारतीय दूतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालस्थित भारतीय दूतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दूतावासले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताए ।

‘त्यस्तो कुनै प्रावधान छैन । सरकार यो विषयमा गम्भीर छ । संवेदनशील छ,’ उनले भने, ‘कुनैपनि देशले हाम्रो पावर प्रोजेक्ट अघि बढाउन सहयोग गर्नसक्छ, उनीहरुको लगानी हुनसक्छ, जताबाट लगानी भएर उत्पादन भएको भएपनि १० हजार मेगावाट लिने सम्झौता मात्रै भएको हो । अरु भएको होइन ।’

प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरले एकैदिन चिनियाँ प्रतिनिधिमण्डललाई बोलाएको विषयलाई लिएर आफूसँग कुनै कुरा नगरेको स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved