आज चारवटा संसदीय समिति बैठक बस्दै

नेपालभ्युज

आज चारवटा संसदीय समिति बैठक बस्दै

काठमाडौं । आज पनि विभिन्न संसदीय समितिले बैठक डाकेका छन् । प्रतिनिधि सभा अन्तर्गतका ४ वटा संसदीय समितिको आज बैठक बस्न लागेका हुन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक विहान ११ बजे बोलाइएको छ ।

सिंहदरवारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय संसद् सचिवालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूचि राखिएको छ ।

त्यस्तै बिहान ९ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने सभापति रामहरि खतिवडाले बताए ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने बताइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने मध्यान्ह साढे १२ बजे बोलाइएको छ । बैठकमा पेन्सनपीडित शिक्षक सङ्गठन, नेपाल राहत शिक्षक संगठनलगायतसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved