फेरि कोरोनाको जोखिम बढ्यो, विशेष सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय

नेपालभ्युज

फेरि कोरोनाको जोखिम बढ्यो, विशेष सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड–१९ को सब भेरियन्ट जेएन– १ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड—१९ को सब भेरियन्ट जेएन– १ संक्रमण दर उच्च भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ ।

कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी भइरहेको बताउँदै कोभिड—१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved