राष्ट्रिय सभालाई बलियो बनाउने मस्यौदा तयार, सदस्यहरूलाई मतदाताप्रति जवाफदेही बनाइने

नेपालभ्युज

राष्ट्रिय सभालाई बलियो बनाउने मस्यौदा तयार, सदस्यहरूलाई मतदाताप्रति जवाफदेही बनाइने
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय सभाको भूमिकालाई सक्रिय, बलियो र प्रभावकारी बनाउनेगरी राष्ट्रिय सभा नियमावलीको मस्यौदा तयार पारिएको छ ।

राष्ट्रिय सभा नियमावली– २०७५ संशोधन गर्नका लागि राष्ट्रिय सभाले गठन गरेको नियमावली संशोधन मस्यौदा समितिले थुप्रै नयाँ प्रावधान राख्दै सभाको भुमिकालाई सक्रिय, बलियो र प्रभावकारी बनाउनेगरी मस्यौदा तयार पारेको हो ।

समितिको मंगलबार बसेको बैठकले मस्यौदामाथि दफाबार छलफल गर्दै यसलाई अन्तिम रुप दिएको हो ।

मस्यौदामा राष्ट्रियसभा सदस्यहरुलाई प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुखहरुप्रति जवाफदेही बनाइएको छ । राष्ट्रियसभा सदस्यहरुको उनीहरुसँग वर्षमा कम्तिमा एकपटक समन्वय बैठक गर्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै मस्यौदाले प्रदेशसँग सम्बन्धित विषय उठाउनका लागि प्रादेशिक सरकोर समय नाम दिएर छुट्टै समयको व्यवस्था पनि गरेको छ । त्यसैगरी, महिलाहरुको बारेमा समान धारणा बनाउने उद्देश्यले राष्ट्रिय सभाभित्र उपाध्यक्षको संयोजकत्वमा महिला समन्वय समिति बनाउने प्रावधान पनि राखिएको समिति सभापति ज्येष्ठ सदस्य सुरेशकुमार आले मगरले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved