जान्हवीले स्वीकार गरिन् शिखरसँगको सम्बन्ध !

नेपालभ्युज

जान्हवीले स्वीकार गरिन् शिखरसँगको सम्बन्ध !

एजेन्सी । करण जौहरको शो ‘कफी विद करण ८’ लगातार चर्चाको विषय बनिरहेको छ । शो को नयाँ प्रोमो बाहिर आएको छ । जहाँ अभिनेत्री जान्हवी कपूर आफ्नी बहिनी खुशी कपूरसँगै सहभागी भएकी छन् ।

शो को रेपिड फायर राउन्डमा करण जौहरले उनका कयौं रहस्यको पर्दा खोलेका छन् । प्रोमोमा करणले जान्हवी र खुशीसँग धेरै व्यक्तिगत प्रश्न पनि गरेको देखिन्छ ।

यसैक्रममा जान्हवीले शिखर पहाडियासँग आफ्नो सम्बन्धका बारेमा पनि कुरा गरेकी छन् । करण जौहरले जान्हवीलाई आफ्नो फोनको स्पीड डायलमा भएका तीन व्यक्तिको बारेमा बताउन भन्छन् ।

जहाँ जान्हवीले पहिलो नम्बरमा बुवाको नाम, दोस्रोमा बहिनी खुशी र तेस्रो नम्बरमा शिखु यानिकी शिखर पहाडियाको नाम लिन्छिन् । केही समयदेखि नै जान्हवी कपूर र शिखर पहाडियाको अफेयरको निकै चर्चा हुने गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved