यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

नेपालभ्युज

यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरसनबाट नयाँ मूल्य सूची प्राप्त भएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य २० पैसाले  घटेको छ ।

निगमले नेपालमा मूल्यमा कुनै फेरबदल नगर्ने जनाएको छ । हाल काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल १५७ रुपैयाँ कायम छ ।

निगमले  हाल एलपी ग्यासमा प्रति सिलिन्डर ३००.४१ घाटा रहेको जनाएको  छ ।

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमले जनाएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved