कांग्रेसको भ्रातृ संस्थाका तदर्थ समितिको म्याद छ महिना थपियो

नेपालभ्युज

कांग्रेसको भ्रातृ संस्थाका तदर्थ समितिको म्याद छ महिना थपियो

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिको म्याद फेरि ६ महिना थपेको छ ।

पार्टी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको जानकारी दिएका हुन् ।

पार्टीको उक्त निर्णयसँगै नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद ६ महिना थपिएको छ ।

कांग्रेसका भ्रातृ संस्थाहरुले महाधिवेशन गर्न नसकेपछि भंग गरि तदर्थ समिति बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved