बालकुमारी घटनामा संसदीय समितिको चासो

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बोलाइयो

नेपालभ्युज

बालकुमारी घटनामा संसदीय समितिको चासो

काठमाडौं । बालकुमारी घटनाको विषयमा संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने भएको हो ।

गत शुक्रबार प्रहरीसँगको मुठभेढमा दुई युवाको मृत्यु पछि सर्वत्र सरकारको आलोचना बढेपछि समितिले गृहमन्त्री श्रेष्ठलाई भोलि विहान साढे ८ बजे छलफलका लागि बोलाएको छ । गृहमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको समिति सभापति रामहरि खतिवडाले बताए ।

इपीएसको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाले गरेको प्रदर्शनका क्रममा भएको भिडन्तमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । शाहको भने प्रहरीको गोली लागेर हत्या भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved