मौसमः उच्चभेगमा हिमपात, तराईका क्षेत्रमा हुस्सु

नेपालभ्युज

मौसमः उच्चभेगमा हिमपात, तराईका क्षेत्रमा हुस्सु

काठमाडौं । केही दिनयता उकालो लागेको काठमाडौंको तापक्रम फेरि घट्न थालेको छ ।

काठमाडौंको आजको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । कोशी, वागमती,गण्डकी, कर्णाली र सुदुरपश्चिमका उच्च हिमाली भेगमा हिमपात हुने मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका केहि क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकभरको मौसम समान्य प्रभावित हुने विभागको भनाई छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । जुम्लामा सबैभन्दा कम्ती तापक्रम माइनस ५ डिग्री सेल्सियस मापन गएिको छ भने जोमसमको तापक्रम माइनस ३ डिग्री सेल्सियस पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved