सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

नेपालभ्युज

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् ।

सहकारी ठगीको फरार सूचीमा रहेका दर्लामीलाई बिहीबार काठमाडौंबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार  दर्लामीलाई बिहीबार राति नै पोखरा लगिनेछ ।

उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएकोमा कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved