कांग्रेस केन्द्रीय सदस्यहरूले भने- यसअघि अवसर नपाएकालाई राष्ट्रिय सभामा लैजानुपर्छ

नेपालभ्युज

कांग्रेस केन्द्रीय सदस्यहरूले भने- यसअघि अवसर नपाएकालाई राष्ट्रिय सभामा लैजानुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले यसअघि अवसर नपाएकाहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने माग गरेका छन् ।

बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्ने माग राखेका हुन् ।

‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा कम्तीमा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई एउटै व्यक्तिलाई दोहोर्‍याउने र कसैले कहिल्यै अवसर नपाउने स्थिति नबनोस्, पार्टीले खोजेर भएपनि न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको वक्ताहरूको धारणा रहेको छ’, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

बैठकमा पाँच वटा विषयमा छलफल चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved