सम्पत्ति शुद्धीकरणलाई लेखा समितिको निर्देशन : धितोपत्र बोर्डका अध्यक्षको पनि सम्पत्ति छानबिन गर्नू

नेपालभ्युज

सम्पत्ति शुद्धीकरणलाई लेखा समितिको निर्देशन : धितोपत्र बोर्डका अध्यक्षको पनि सम्पत्ति छानबिन गर्नू
फाइल तस्वीर ।

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई यस्तो निर्देशन दिएको हो ।

समितिले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न अध्यक्ष हमाललाई पनि बिहीबारको बैठकमा बोलाएको थियो । तर उनी गएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved