सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

नेपालभ्युज

सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

काठमाडौं। राप्रपाले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । जनताको पैसाबाट चल्ने सरकारी निवासमा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको राप्रपाले जनाएको हो ।

बालुवाटारमा आज समाजवादी मोर्चाको बैठक बसेको थियो ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै त्यसको विरोध गरेका हुन् ।

देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु  नहुने उनले बताएका छन् । उनले यो विषय नैतिक आचारणको रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved