विपिन कार्कीसँग ‘काजी’ फिल्मको तयारीमा वर्षा

नेपालभ्युज

विपिन कार्कीसँग ‘काजी’ फिल्मको तयारीमा वर्षा

काठमाडौं । अभिनेता विपिन कार्कीसँग अभिनेत्री वर्षा सिवाकोटीले ‘काजी’ फिल्म खेल्ने भएकी छिन् ।

फिल्मको माघबाट छायाङ्कन सुरु हुँदैछ । फिल्मको कथा र आफ्नो भूमिका मन परेकोले काजीमा जोडिएको उनी बताउँछिन् । काजी लक्ष्मण रिजालले निर्देशन गर्न लागेको फिल्म हो ।

वर्षाको एक समय धेरै फिल्म आएको थियो । पछिल्लो समय उनको फिल्म कमी छ ।

पारिवारिक उतारचढावमा उनी केही समय फिल्मबाट बाहिर रहेकी थिइन् ।

पछिल्लो समय उनको फिल्म ‘परदेशी २’ रिलिज भएको थियो । फिल्मले प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भयो ।

केही साता अगाडि रिलिज भएको फिल्म ‘दुई कदममा’मा पनि उनी आइटम गीतमा देखिएकी थिइन् । अब भने लगातार फिल्म अभिनय गर्ने उनको सोच छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved